• २०८३ असार १४
  • 2026 June 28, Sunday

संसदीय समितिको सभापति चाँडो चयन गर्ने तीन शीर्ष दलको सहमति

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल संसदीय समितिको सभापति चयन गर्ने सहमति भएको छ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बसेको बैठकमा संसदीय समितिका सभापति छिटोभन्दा छिटो चयन गर्ने सहमति भएको कानूनमन्त्री धनराज गुरुङले बताए।

वैशाख १५ गते प्रतिनिधि सभाका १० वटा विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि जेठ २ गते एक साथ १० वटै समितिको बैठक सुरू भएको थियो ।

तर, सभापति चयन हुन नसक्दा समितिहरूले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।

यस्तै, बैठकमा राजनीतिमा देखिएको अराजकतालाई अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाएर जानुपर्छ भन्नेमा तीन दलका शीर्ष नेताहरू सहमत रहेको उनको भनाइ छ।