• २०८३ असार १४
  • 2026 June 28, Sunday

एमालेले माग्यो राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गरेको छ ।

राष्ट्रियसभा बैठक सुरु हुने वित्तिकै राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्री दाहालले व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन गर्नेक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै तत्काल राजीनामा दिन माग गरेका हुन् ।

आफूहरुको सो माग पूरा नभई संसद बैठक चल्न नदिने अडान राखे। प्रधानमन्त्री दाहालले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति दिएकाले भारतको इसारामा बनेको प्रधानमन्त्री आफ्नो पार्टीलाई स्वीकार्य नहुने पटकपटक दोहोर्याए ।