• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

स्थानीय तहका जनप्रतिनिधिहरुले आज सिंहदरबार घेराउ गर्ने

काठमाडौं । आज स्थानीय तहका जनप्रतिनिधिहरुले सिंहदरबार घेराउ गर्ने भएका छन् ।

संघीय सरकारले वित्तीय समानिकरण अनुदानको अन्तिम किस्ताको ५० प्रतिशत रकम कटौती गरेको विषयमा गाउँपालिका तथा नगरपालिका संघहरुले आन्दोलन गर्न लागेका हुन् ।

स्थानीय जनप्रतिनिधिले अनुदान कटौतीको निर्णय फिर्ता नहुँदासम्म आन्दोलन जारी राख्ने चेतावनी पनि दिएका छन् ।

अर्थ मन्त्रालयलाई बारम्बार चालु आर्थिक वर्ष २०७९/८० को वित्तीय समानीकरणको अन्तिम किस्ताको ५० प्रतिशत अनुदान कटौती नगर्न आग्रह गर्दा नमानेको भन्दै संघीयता बचाउनको लागि भन्दै दुबै पालिका संघहरुले आन्दोलनको तयारी गरेका हुन् ।