काठमाडौं । नेकपा एमालेले आज पनि संसद बैठक अवरोध गर्ने तयारी गरेपछि सत्ता गठबन्धन रक्षात्मक बनेको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले संसदको अवरोध खुलाउन नेकपा एमालेसँग छलफल गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत साता दिएको अभिव्यक्तिलाई लिएर दाहालको राजीनामा माग गर्दै एमालेले निरन्तर संसद बैठक अवरोध गर्दैआएको छ ।
संसद अवरुद्ध हुँदा मिटर ब्याज सम्बन्धि विधेयक निष्क्रिय भएपनि आजको वैठकमा पुनः पेश गर्ने तयारी सरकारको छ । तर आज पनि संसद चल्न नदिने भएपछि एमालेसँग छलफल गरेर निकासको प्रयास गर्ने निर्णय गठबन्धन आवद्ध दलहरुले गरेका छन् ।