• २०८३ असार १४
  • 2026 June 28, Sunday

राष्ट्रपति पौडेलले दिए टेलिफोनबाट प्रधानमन्त्री दाहाललाई समवेदना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

पौडेलले सीताको निधनले आफूलाई दुःखी बनाएको भन्दै प्रधानमन्त्री दाहाललाई टेलिफोन समवेदना दिएका छन् ।

‘दुःखको यस घडीमा प्रधानमन्त्रीसहित शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्ने कामना गर्दै गहिरो समवेदना पनि प्रकट प्रकट गर्छु ।’

त्यस्तै,सभामुख देवराज घिमिरेले पनि सीताको निधनको खबरले दुःखी बनाएको बताएका छन् ।

उनले भनेका छन्,‘प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)कि जीवनसंगिनी सीता दाहालको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको खबरले स्तब्ध बनाएको छ । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।’

प्रचण्ड पत्नी सीताको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो । उनको निधनप्रति विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा कार्यकर्ता लयागत विभिन्न व्यक्तिहरुले घटनास्थल पुगेर, टेलिफोन मार्फत तथा सामाजिक सञ्जालबाट दुःख व्यक्त गरेका छन् ।