• २०८३ जेठ २२
  • 2026 June 05, Friday

नेपाल पाकिस्तान ‘ए’सँग पराजित

काठमाडाैं । एसीसी इमर्जिङ टिम्स कप पुरुष क्रिकेटको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको छ । नेपालले दिएको १८० रनको लक्ष्य पाकिस्तान ‘ए’ले ३३ औँ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका ललित राजवंशीले ३ पवन सर्राफले २ विकेट लिए ।

श्रीलङ्कामा टस जितेर ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा १७९ रनमा अलआउट भएको थियो ।

नेपालका सोमपाल कामीले ७५ रन बनाउनुबाहेक अरु ब्याटरको भूमिका सम्झनलायक रहेन । सोमपालले १०१ बलमा नौ चौका र दुई छक्का प्रहार गरे ।

यसबाहेक प्रतिश जीसीले २६, कुशल मल्ल र अर्जुन साउदले १७–१७, गुल्सन झाले १३ र आसिफ शेखले १२ रन बनाए । पाकिस्तानका शहनावाज दहानीले पाँच र मोहम्मद वासिमले चार विकेट लिए ।

प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल रहेको समूह ‘बी’मा पाकिस्तान र भारतका ए टोली र यूएई रहेको छ । अर्को समूहमा अफगानिस्तान, श्रीलंका, बाङ्लादेश र ओमन छन् ।