
रौतहट । होहल्ला गरेको आरोपमा प्रहरीले डेढ दर्जन ‘टिकटक स्टार’ लाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख महेन्द्रकुमार श्रेष्ठका अनुसार सिया पैलेस होटेलमा मदिरा सेवन गरी होहल्ला तथा अभद्र व्यवहार गरेको आरोपमा टिकटक स्टार पक्राउ परेको हो ।
घटनाबारे छानबिन भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । पक्राउ पर्नेमा गरुडा नगरपालिका वडा नम्बर १ जयनगरका राजकुमार साहलगायत छन् ।
पक्राउ गरिएका सबै दोषी नरहेको भन्दै घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । सिया पैलेस होटलमा बसेकी महिला डाक्टरको कोठा ढक्ढक्याई खोल्न लगाएको तथा अभद्र व्यबहार गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।