सत्य कुरा गर्ने हो भने अहिले हामी नेपालीहरुको जीवनशैली अस्त , व्यस्त र ध्वस्त छ। वातावरणमा आइपरेका प्रतिकूल प्रभावले संसारको जनजीवन कस्टकर बन्दै गएको छ । योग मानव जीवनका शारीरिक, मानसिक र अध्यात्मिक पाटोलाई पङ्तिबद्ध बनाउने प्रकृतिक चिकित्सा विज्ञानकाे एक अभिन्न अंग हाे । प्राचीन योगध्यानले जीवनका बहुआयामिक पक्षलाई अनुसाशित र स्वस्थ बनाउन महत्वपूर्ण भूमिका निभाउँछ । यसलाई सबै मौसममा उतिकै उपयोग गरे पनि गर्मी मौसममा विशेष तरिकाले उपयाेग गर्न सकिन्छ ।
याेगले जोर्नीको समस्या, निद्राको समस्या, पाचन प्रक्रिया, दिमाग तीक्ष्ण , कार्यक्षमतामा वृद्धि, मानिसमा सकारात्मक सोचको विकास र तनावलाई घटाउँछ । हातखुट्टा वा कुनै अंगको हाड भाँचिएको व्यक्तिहरु, ठूलो अप्रेसन गरेका बिमारी, रक्तचाप, दम, महिनावारि गडबडी, गर्भावस्थामा रहेका मानिसहरुले योग चिकित्सक वा विशेषज्ञसँग सल्लाह लिएर मात्र योग अभ्यास गर्नुपर्दछ।
पूर्वीय दर्शनशास्त्र अनुसार योग भन्नाले शरीर, मन र आत्मालाई एकाकार गर्ने साध्यको रुपमा परिभाषित गरेको पाइन्छ। पुजनीय गुरु महर्षि पतंजली, योग शास्त्रका पिता , आदि शेषनाग, संस्कृत व्याकरण महाभास्य, प्राकृतिक चिकित्सा विज्ञान आयुर्वेद अन्तर्गत पतंजलतन्त्र रचनामा मुख्य भूमिका निर्बाह गर्नुहुने विपाशक वैज्ञानिकले योग सुत्रको दोस्रो सुत्रमा भन्नु भएको छ ।
“योगश्चित्तवृत्तिनिरोधः ॥२॥
yogash-chitta-vritti-nirodhah ||2||
अर्थात्
योग ले मनको बाँदरे प्रवृत्ति अन्त्य गरी मनलाई एकाग्र बनाइ ब्रमाण्डसंग एकाकार गर्दछ। निरन्तर योग अभ्यास मानव जीवनकाे लागि बरदान सावित भएको छ। शारीरिक, मानसिक तथा आध्यात्मिक समस्याहरुको निदानमा निर्बिकल्प साध्यका रुपमा पिता पूर्खाहरुले प्रमाणित गरिसक्नु भएको छ। पछिल्लो समयमा विकास भएका अध्यात्मिक उपचार प्रणाली रेकी, उपचारकर्ता गुरु साधकलगायत सबैको जग योग नै रहेको छ।
योग आसन
योग आसन गर्मि / जाडोमा गर्ने भनि फरक नगरिए पनि गुण, विशेषता र आवश्यकताकाे आधारमा प्रयोग गरेको पाइन्छ योग आसनहरुलाई अनुक्रममा राखी केही विधिहरु रचना गरिएका छन्। चन्द्र नमस्कारले शरिरको तापक्रमलाई घटाउन मद्धत गर्दछ, सूर्य नमस्कारले शरिरको तापक्रम बढाउँछ भनि आधुनिक अनुसन्धानले पनि प्रमाणित गरिसकेको छ, सबासन, बज्रासन, पादहस्तासन, अधो मुख स्वनासन ,नौकासन पर्सरिता पादोउत्तनासन आदि आसनहरुले पनि शरिर को तापक्रम घटाएको पाइन्छ।
प्रणायाम
प्रणायाम स्वास प्रस्वासमा केन्द्रित योगीक अभ्यास हो, जहाँ प्राण वायुलाई फोक्सो भित्र लिने केहि समय रोक्ने वा स्वासलाई बाहिर फ्याँक्ने गरिन्छ । यस्ता प्रक्रिया प्रणायामका प्रकारमा भर पर्दछन् छाती, पेट डायाफ्राममा आवश्यकता अनुसारको तालमेल गरिन्छ।
प्राणस्येदं वशे सर्वं त्रिदिवे यत्प्रतिष्ठितम् ।
मातेव पुत्रान्रक्शस्व श्रीश्च प्रज्ञां च विधेहि न इत।।
अर्थात्
त्रिलोकमा जे छ त्यो सबै प्राणको अधिनमा छ, हे प्राण हामीलाई आमाले झैँ आफ्ना सन्तानहरुलाई रक्षा गरि समृद्धि र बुद्धि प्रदान गर ।
प्रणायामले शरिरको तापक्रमलाई घटाउन महत्त्वपूर्ण भूमिका खेल्छ । केही विशेष प्रकारका प्राणायाम छन् जस्तै, शितली प्राणायम – पदमासन वा अर्ध पदमासनमा बसी कम्मरलाई सिधा पारेर जिब्रो दुवै तिरबाट गोलो पारी बीचकाे प्वालबाट हावालाई भित्र लिई नाकबाट बाहिर फालिन्छ ।
सितकारी प्राणायाममा मुख बन्द गरी दाँतको खालि भागबाट स्वास लिइ नाकबाट बाहिर फालिन्छ । जसबाट शरीरमा सितलता प्रदान हुन्छ । अर्को, चंद्रभेदी प्राणायाममा बायाँ नाकबाट स्वास लिइ एक छिन रोकी पुन: बायाबाट नै फाल्ने ।हातमा जल मुद्रा र प्राण मुद्रा पनि शरिरको तापक्रम घटाउन मद्धत गर्दछ ।
ध्यान भन्नाले कुनै एक कुरामा एकाग्र हुनु , योग , प्राणायाम, मुद्राहरुको निर्माण गरी स्वास मन केन्द्रित गर्ने कार्य पनि ध्यान हो । योग, प्राणायाम ध्यानले मानव शरिरका विभिन्न संरचना प्रणाली, निरन्तर चलिरहने फिजियाेलाेजिकल प्रक्रियाहरुमा प्रत्यक्ष प्रभाव पार्दछ । आराम शान्त र शितलता प्रदान गर्दछ। यसलाई निश्चित नियममा रही परिस्थिति अनुसार प्रयोग गर्न सकिन्छ ।
हाम्रो मनमा यो धर्म, त्यो धर्म, यो जात त्यो जातको भ्रम छ र योग ध्यान र अध्यात्मलाई त्यसरी नै मात्रै हेर्ने साँघुरो सोचाइ पनि बन्दै गएको देखिन्छ तर यो सम्पूर्ण मानव कल्याणको सुत्रको रुपमा बुझाउनु पर्ने देखिछ। पछिलो पुस्ताले योग ध्यानलाई अल्छी लाग्दो दृष्टीले हेरेको पाइन्छ।
आफूलाई उच्च र शिक्षित वर्गको रुपमा मान्ने पश्चिमाहरुले योग ध्यानलाई अध्ययन अनुसन्धान र व्यापक प्रयोग गरी व्यवसायिक खेलकुद एवं ओलम्पिकमासमेत समावेश गरेपछि हाम्राेमा पनि केही ध्यान दिएकाे पाइन थालेकाे छ ।
योग, ध्यान सबैभन्दा सस्तो र प्रभावकारी औषधिको रुपमा ऋषि मुनि– पिता पुर्खाले दिएको नि: शुल्क अमूल्य उपहार थियो तर हामी यसकाे अवमूल्यन गरिरहेका छाैँ । यसको गम्भीर परिणाम देखिन पनि थालेको छ। बहुगुणकारी योग ध्यानप्रति पूर्वीय जीवन व्यवहारलाई सुधार गरी संसारभरिका मानवकाे हित गर्नु कलि युगमा पनि हाम्रै कर्तव्य हो।