• २०८३ असार १४
  • 2026 June 28, Sunday

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरे दोस्रो कार्यकालको लागि शपथ ग्रहण

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्याकालको लागि शपथ ग्रहण गरेका छन् ।

सोमबार राजधानी वासिङटन डीसीमा आयोजित एक विशेष समारोहकाबीच अमेरिकाको ४७ औं राष्ट्रपतिको रूपमा ट्रम्पले प्रधानन्यायाधीशबाट शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहण समारोहमा विश्वभरका शीर्ष राजनीतिक नेतृत्वसहित अर्बपतिहरुसहित सर्वसाधारण सहभागीता थियो ।ट्रम्पले अमेरिका मेक्सिको सीमा क्षेत्रमा राष्ट्रिय संकट लगाउने घोषणा गरेका छन्।
उनले शपथकै दिन न्याय विभागका प्रमुखलाई बर्खास्त समेत गरे।