‘एक्टरः टेक वन’ को ग्रान्ड प्रिमियर

काठमाडौं । प्रतीक्षित नेपाली चलचित्र ‘एक्टरः टेक वन’को ग्रान्ड प्रिमियर सोमबार साँझ भक्तपुरस्थित क्युएफएक्स सिनेमाजमा सम्पन्न भएको छ ।

झकिझकाउ सेटमा आयोजित प्रिमियर शोमा करिब सातसय जनाको उपस्थिति थियो ।चलचित्रका अभिनेताद्वय प्रदिप खड्का र राजबल्लभ कोइराला साथै अभिनेत्रीद्वय अन्ना शर्मा र दिव्या रायमाझीको प्रिमियर प्रवेशले सबैको ध्यान खिचेको थियो ।कलाकारहरूसहित विशिष्ट व्यक्तित्वहरू, चलचित्र निर्माण टोलीका सदस्यहरू, पारिवारिक सदस्य तथा व्यापारिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति प्रिमियरमा देखिएको थियो ।

सहिद दिवसको विशेष अवसर पारेर माघ १६ गते, बुधवार सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘एक्टरः टेक वन’को प्रिमियरको लागि अभिनेता कोइराला अमेरिकादेखि दुई दिनअघि मात्र नेपाल आएका थिए ।चलचित्रका निर्देशक राजन भुसालको तारिफ भएको छ । भुसालको पहिलो निर्देशकीय चलचित्र हो ।चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको प्रमुख भूमिका रहेको छ ।
चलचित्रको स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन् । यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको यो चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह–निर्माता अनीश भुसाल रहेका छन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१