• २०८३ जेठ २२
  • 2026 June 05, Friday

ह्युमनोइड रोबोटले हाफ म्याराथनमा भाग लिने

काठमाडौ । चीनमा निर्मित ‘टियांगोंग’ ह्युमनोइड रोबोटको अपग्रेड गरिएको संस्करण, टियांगोंग अल्ट्राले हाफ म्याराथनमा भाग लिन तयारी गरिरहेको छ । बेइजिङमा अर्को महिना हुने हाफ म्याराथनको तयारीको लागि परीक्षण गरिरहेको हो ।

बेइजिङको आर्थिक–प्राविधिक विकास क्षेत्रमा अप्रिल १३ मा तय भएको दौडमा रोबोटिक र मानव खेलाडी दुवैले एउटै रुटमा प्रतिस्पर्धा गर्नेछन् । तर सबै सहभागीहरूको सुरक्षा सुनिश्चित गर्न छुट्टाछुट्टै ट्र्याकहरू तयार गरिनेछ ।प्रतियोगितामा विश्वव्यापी रोबोट कम्पनीहरू, अनुसन्धान संस्थानहरू, रोबोट क्लबहरू र विश्वविद्यालयहरूका लागि खुला गरिएको छ । अहिलेसम्म २३ संस्थाहरूले प्रतियोगिताको लागि आवेदन दिएका छन् ।

बेइजिङ ह्युमनोइड रोबोट इनोभेसन सेन्टरद्वारा विकसित, टियाङगोङ अल्ट्राको आकार पुरानो संस्करणको तुलनामा ठूलो, लामो खुट्टा र बलियो कम्मर छ। टियाङगोङ अल्ट्राले दौडँदा आफ्नो खुट्टा र गोलीगाँठोको जोर्नीमा पर्ने असरलाई कम गर्न ‘जुत्ता’ लगाउने इन्जिनियरहरूले जनाएका छन् ।बलियो पूँजी लगानीले बलियो बन्दै गएको चीनको रोबोटिक्स उद्योग तीब्र रुपमा विकास भइरहेको छ । २०२४ मा सांघाईमा भएको विश्व एआई सम्मेलनमा जारी गरिएको ह्युमनोइड रोबोट उद्योगको प्रतिवेदन अनुसार, गत वर्ष चीनको ह्युमनोइड रोबोट बजार स्केल लगभग २.७६ अर्ब युआन (लगभग ३८१.२८ मिलियन अमेरिकी डलर) थियो।२०२९ सम्ममा, यो ७५ अर्ब युआन (लगभग १०.३६ अर्ब अमेरिकी डलर) पुग्ने अपेक्षा गरिएको छ । जुन विश्वव्यापी बजारको ३२.७ प्रतिशत हुनेछ।(सीसीटीभीप्लस)