• २०८३ असार १४
  • 2026 June 28, Sunday

अमेरिकाले ९ लाख आप्रवासीको अनुमतिपत्र रद्द गर्‍यो, तत्काल देश छोड्न निर्देशन

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले एकैचोटि नौ लाख आप्रवासीलाई ठूलो झटका दिएको छ। यी आप्रवासीहरू बाइडेन प्रशासनको समयमा सुरू गरिएको सीबीपी वन एप नीति अन्तर्गत अमेरिका आएका थिए।

ट्रम्प प्रशासनले उक्त नीति उल्टाएर ती आप्रवासीहरूको कानुनी अनुमति रद्द गरेको छ र उनीहरूलाई तुरुन्तै अमेरिका छोड्न आदेश दिएको छ।जनवरी २०२३ देखि गत वर्षको डिसेम्बरसम्म, ९ लाख ३६ हजार ५०० मानिसहरू सीबीपी वन एपको प्रयोग गरेर मेक्सिकन सीमाबाट अमेरिका प्रवेश गरेका थिए। उनीहरूलाई दुई वर्षसम्म अमेरिका भित्र बस्ने र काम गर्ने अनुमति दिइएको थियो।

ट्रम्प प्रशासनको गृह सुरक्षा मन्त्रालयले अमेरिकी जनता र देशको सिमाना सुरक्षित राख्नका लागि यी अनुमतिहरू रद्द गरिएको जनाएको छ। एपमार्फत अमेरिका प्रवेश गरेका यी व्यक्तिहरूलाई इमेलमार्फत अनुमति रद्द गरिएको जानकारी दिइएको अधिकारीहरूले पुष्टि गरेका छन्। यद्यपि, कतिपयलाई उक्त जानकारी प्राप्त नभएको बारेमा कुनै स्पष्टता दिइएको छैन। सबैलाई आफैं अमेरिका छोड्न भनिएको छ।