• २०८३ असार १४
  • 2026 June 28, Sunday

प्रचण्डको किताब सीपीसीलाई उपहारको रूपमा

काठमाडौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुस्तक ‘दि फस्ट डिकेड अफ रिपब्लिक’ (गणतन्त्रको पहिलो दशक) चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग र चीनको छोङछिङ स्कूल विभागलाई हस्तान्तरण गरिएको छ।

बिहीबार उक्त पुस्तक विभागलाई हस्तान्तरण गरिएको हो। चिनियाँ कम्युनिस्ट पार्टीले माओवादी केन्द्रका नेतालाई छोङछिङ सहरमा दिएको प्रशिक्षण कार्यक्रमपछि माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले उक्त पुस्तक हस्तान्तरण गरेका हुन्।

त्यसअघि दुई पार्टी बीच सहकार्य र अनुभव आदान प्रदानका बारेमा छलफल भएको थियो। कार्यक्रममा चिनियाँ कम्युनिस्ट पार्टीका नेताले उक्त पुस्तकलाई महत्त्वपूर्ण मान्दै, ज्ञान साटासाटमा थप योगदान पुर्याउने बताए।