• २०८३ असार १४
  • 2026 June 28, Sunday

नेपाली विद्यार्थीको मृत्युबारे बोल्यो भारतीय विदेश मन्त्रालय : सरकार गम्भीर छ

काठमाडाैं । भारतको उडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)मा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु भएपछि भारतीय विदेश मन्त्रालयले दु:ख व्यक्त गरेको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै भारत सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको सुरक्षा विषयमा गम्भीर रहेको उल्लेख गरेको हो ।

यस्तै, भारत सरकार नेपाली अधिकारी, उडिसा राज्य सरकार र केआइआइटीको व्यवस्थापनसँग नजिक रहेर कुराकानी र सहकार्य गरिरहेको उलल्लेख गरेको छ।

‘दुखद् घटना भएको जानकारीमा आएपछि भारतको विदेश मन्त्रालय उडिसा राज्य सरकारसँग निरन्तर संवादमा छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘उडिसा सरकारले मृतक परिवारलाई पूर्ण सहयोग प्रदान गरेको छ र उडिसा प्रहरीले यस घटनाको अनुसन्धान थालेको छ।’

पर्साको वीरगञ्ज निवासी प्रिशा बिहीबार राति आफ्नै होस्टल कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।

यसअघि गत फागुनमा सोही ठाउँमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएकी थिइन्। उनको मृत्युपछि विद्यार्थीहरूले आन्दोलन समेत गरेका थिए।