• २०८३ जेठ २२
  • 2026 June 05, Friday

प्रधानमन्त्री मोदीले रद्द गरे युरोप भ्रमण

काठमाडौं । भारतले पाकिस्तानमाथि गरिएका आक्रमणहरूलाई सन्तुलित र जिम्मेवार ठहर गर्दै त्यसको बचाउ गरेको छ।

पाकिस्तानी दाबीको खण्डन गर्दै भारतले आफ्ना कारबाहीहरू केवल आतङ्ककारी शिविरहरूमाथि लक्षित रहेको र कुनै सर्वसाधारणलाई निशाना नबनाइएको स्पष्ट पारेको हो।भारत र पाकिस्तानबीच जारी तनावको पृष्ठभूमिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो तय भएको युरोप भ्रमण स्थगित गरेका छन्।

अलजजिराका अनुसार, प्रधानमन्त्री मोदीले हाल सुरक्षासम्बन्धी विषयमा मन्त्रिपरिषद्का वरिष्ठ सदस्यहरूसँग निरन्तर छलफल गरिरहेका छन्।भारत-प्रशासित कश्मीरमा स्थिति थप तनावग्रस्त बन्दै गएको छ। सीमावर्ती क्षेत्रहरूमा रातभर भएको गोलाबारीका कारण केही व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ।

सीमा नजिकका बस्तीहरूमा बसोबास गर्ने स्थानीयहरूले रातभर तीव्र गोलीबारीको अनुभव सुनाएका छन्। कयौँ नागरिकहरूले आफ्नो घर छाडेका छन् भने केहीले आपतकालीन अवस्थाका लागि बनाइएका बंकरहरूमा शरण लिएका छन्।