गाजापट्टीमा इजरायली आक्रमण : मृत्यु हुने प्यालेस्टिनीको संख्या ५२ हजार बढी

काठमाडौं । इजरायलले अक्टोबर ७, २०२३ देखि गाजामा सुरु गरेको सैन्य आक्रमणपछि हालसम्म १६ हजार २७८ बालबालिकाको ज्यान गएको गाजाका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।

दक्षिण गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्समा आयोजित पत्रकार सम्मेलनमा बोल्दै फिल्ड अस्पतालका निर्देशक डा. मारवान अल–हम्सले ९०८ शिशु र ३११ नवजात शिशु जन्मिएलगत्तै मृत अवस्थामा फेला परेको जानकारी दिए। उनका अनुसार क्रसिङहरू बन्द गरेयता गाजामा मानवीय अवस्था अत्यन्त गम्भीर बन्दै गएको छ।

“स्वास्थ्य पूर्वाधार ध्वस्त पारिएको छ, मानवीय सहायता रोकिनुका साथै औषधि र चिकित्सा सेवाको अभावले हजारौँ बालबालिका र गर्भवती महिला गम्भीर संकटमा छन्,” उनले भने।खानपिन र सरसफाइको न्यून पहुँचका कारण बालबालिका दैनिक अपूर्ण पोषणमा निर्भर रहन बाध्य भएका छन्।

शुद्ध पिउने पानीको अभावले बालबालिकाको स्वास्थ्य अवस्था थप कमजोर बन्दै गएको अल–हम्सको भनाइ छ।इजरायली आक्रमणका कारण अक्टोबर २०२३ यता गाजामा ५२ हजारभन्दा बढी प्यालेस्टिनीले ज्यान गुमाएका छन्। मार्च १८, २०२४ यता मात्र करिब २,५०० जनाको मृत्यु भएको बताइएको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१