
पाकिस्तानले युद्ध विराम तोडेपछी भारतले सेनालाई कडा कदम चाल्न आदेश दिएको छ ।
विदेश सचिव विक्रम मिस्रीका अनुसार भारतीय सेना प्रतिकारात्मक कारबाही गर्नेछ ।
उनले भने `सैन्य कारबाही रोक्ने सम्झौता आज साँझ मात्र भएको थियो। पछिल्ला केही घण्टादेखि पाकिस्तानले यस सम्झौताका गम्भीर उल्लंघन गरिरहेको छ। भारतीय सेनाले जवाफी कारबाही गरिरहेको छ । सेनालाई कडा कदम चाल्न निर्देशन दिइएको छ।´