• २०८३ जेठ २२
  • 2026 June 05, Friday

भारतको दाबी – जवाफी कारबाहीमा पाकिस्तानका करिब ४० सैनिक मारिए

भारत- पाकिस्तान तनाबमा पाकिस्तान तर्फका करिब ४० जना सैनिकको ज्यान गएको भारतले जनाएको छ ।

भारतका तीनै सेनाको तर्फबाट आइतबार “अप्रेसन सिन्दूर” सम्बन्धी पत्रकार सम्मेलन गरिएको थियो सोही क्रममा जवाफी कारबाहीमा पाकिस्तानका ३५ देखि ४० सैनिकको ज्यान गएको सेनाले जानकारी गराएका छ्न ।

साथै पाकिस्तान सेनाका उच्च अधिकारीहरू पनि मारिएका भारतको दाबी छ ।