काठमाडौँ । भारतीय आक्रमणमा पाकिस्तानी सेनाका ११ सैनिकहरू मारिएका पाकिस्तानी सेनाले जनाएको छ।
पाकिस्तानी सेनाका अनुसार ६ जना सेना र ५ जना वायुसेना कर्मी भारतीय आक्रमणमा मृत्यु भएका हुन्। पाकिस्तानी मिडिया ‘डन’का अनुसार, यस हमलामा ७८ सैनिक घाइते भएका छन्।
यसै गरी, भारतीय आक्रमणका कारण ४० जना सर्वसाधारणको पनि मृत्यु भएको र १२१ जना घाइते भएको उल्लेख गरिएको छ। पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले भारतसँगको द्वन्द्वमा मृत्यु भएका सैनिकका परिवारका लागि “मरकज–ए–हक” राहत प्याकेजको घोषणा गरेका छन्।
यसमा ज्यान गुमाउने परिवारलाई १ करोड रुपैयाँ दिने निर्णय गरिएको छ। साथै, घाइतेलाई १० देखि २० लाख रुपैयाँसम्मको क्षतिपूर्ति दिइने जानकारी प्राप्त भएको छ।प्रधानमन्त्री शाहबाज शरीफले मंगलबार दिउँसो १२ बजे सर्वदलीय बैठक बोलाएका छन्, जहाँ भारतविरुद्धको अपरेशन बन्यान–अन–मर्सूसमाथि छलफल हुने जनाएको छ।