• २०८३ असार १३
  • 2026 June 27, Saturday

गाजामा इजरायली हवाई हमला: ८० जनाको मृत्यु

काठमाडौं। इजरायली सेनाले गाजामा गरेको हवाई आक्रमणमा कम्तीमा ८० जनाको मृत्यु भएको छ।

गाजाको उत्तरपश्चिम जबालिया क्षेत्रमा गरिएको आक्रमणमा ५० जनाको ज्यान गएको इन्डोनेसियाली अस्पतालले जनाएको छ। मृतकमध्ये २२ जना बालबालिका र १५ महिला छन्। नजिकैको अल–अव्दा अस्पतालले थप ९ जनाको शव प्राप्त गरेको जनाएको छ, जसमा ७ बालबालिका रहेका छन्।

इजरायली सेनाले हमास र प्यालेस्टिनी इस्लामिक जिहादका लडाकुहरूलाई लक्षित गर्दै उत्तर गाजामा आक्रमण गरिएको दाबी गरेको छ। मंगलबार इजरायलतर्फ रकेट प्रहार भएपछि सेनाले जबालिया र वरपरका बासिन्दालाई क्षेत्र खाली गर्न आग्रह गरेको थियो।

यता, संयुक्त राष्ट्रसंघका मानवीय सहयोग प्रमुख टोम फ्लेचरले गाजामा जारी हिंसा र नरसंहार रोक्न सुरक्षा परिषद्का सदस्यहरूलाई तुरुन्त कदम चाल्न आग्रह गरेका छन्।