• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

नक्कली इन्स्पेक्टर बनेर सर्वसाधारणलाई आतंकित बनाउने युवक पक्राउ

प्रहरीको पोशाक लगाएर सर्वसाधारणलाई डरत्रास देखाउने नक्कली इन्स्पेक्टरलाई प्रहरीले भक्तपुरमा पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति भोजपुरको साल्पासिसलिछो गाउँपालिकाका २३ वर्षीय सुजन गिरी हुन्। उनले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) भनेर चिनाउँदै प्रहरीको बर्दीमा खिचेको तस्बिर पोष्ट गरी सर्वसाधारणलाई ठग्ने र आतंकित बनाउने काम गर्दै आएका थिए।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रवक्ता डीएसपी ढुण्डिराज नेउपानेका अनुसार गिरीले जेठ ६ गते राति साढे ९ बजे मध्यपुर ठिमी नगरपालिका–२ स्थित दिव्यश्वरी भुटु रेस्टुरेन्टअगाडि आफू इन्स्पेक्टर भएको भन्दै बर्दी देखाएर सर्वसाधारणलाई भ्रममा पार्ने प्रयास गरेका थिए।

हाल गिरीलाई प्रहरी वृत्त भक्तपुर ठिमीमा राखेर थप अनुसन्धान भइरहेको छ।