• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

देउवाको राजसंस्थासम्बन्धी धारणा भनी फैलाइएको प्रचार असत्य भएको कांग्रेसको प्रष्टीकरण

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले पार्टी सभापति शेरबहादुर देउवाले राजसंस्थाबारे दिएको भनिएको धारणा असत्य र भ्रामक रहेको स्पष्ट पारेका छन्।

उनका अनुसार देउवा २०६२/६३ को जनआन्दोलनका उपलब्धिहरू — संघीयता, समावेशिता र लोकतान्त्रिक गणतन्त्र — का प्रतिबद्ध संरक्षक हुन् र उनी नागरिक अधिकार, स्वतन्त्रता र न्यायको पक्षमा निरन्तर लड्ने नेता हुन्।

विश्वकर्माले देउवाले कहिल्यै नबोलेको, नसोचेको र नभनेको विषयलाई सामाजिक सञ्जाल र केही माध्यमहरूमा मनगढन्ते रूपमा प्रस्तुत गरिनु पत्रकारिताको नैतिक मापदण्डविपरीत भएको टिप्पणी गरेका छन्।

‘क्षणिक स्वार्थका लागि गलत सूचना फैलाउनु अनुचित हो,’ उनले भनेका छन्, ‘यस्ता भ्रामक प्रचारप्रति जनताले विश्वास नराखुन् र सञ्चारकर्मीहरूले पनि अपुष्ट तथा अव्यक्त विषयहरू प्रचारमा ल्याउन नदिनुहोस्।’