चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा नेपालले करिब २ अर्ब ४२ करोड रुपैयाँ बराबरको सिमेन्ट तथा सिमेन्ट क्लिङ्कर भारत निर्यात गरेको छ। भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार यो अवधिमा जम्मा ७७२,१०४ मेट्रिक टन सिमेन्ट र क्लिङ्कर भारत पठाइएको हो।
त्यसमध्ये ४ लाख ८१ हजार ९२५ मेट्रिक टन सिमेन्ट क्लिङ्करको मूल्य ६४ करोड ९२ लाख रुपैयाँभन्दा बढी रहेको छ भने १ अर्ब ७६ करोड ९६ लाख रुपैयाँ बराबरको तयार सिमेन्ट निर्यात गरिएको विभागले जनाएको छ।