नेपालमा चालु आर्थिक वर्षको पहिलो १० महिनामा झन्डै साढे तीन करोड रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का विदेशबाट आयात गरिएको छ।
भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार कुल तीन करोड ४५ लाख ८१ हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का देशमा भित्रिएको हो।
जसमध्ये एक करोड ८६ लाख ५२ हजार रुपैयाँ मूल्य बराबरका सिन्का काठबाट बनेका छन् भन्ने विभागको विवरणमा उल्लेख छ।