• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

लेखा समिति सभापति र मोदीबिच बाझाबाझ

सार्वजनिक लेखा समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकमा सभापति ऋषिकेश पोखरेल र सदस्य अमनलाल मोदीबीच भनाभन भएको छ। विवाद तब सुरु भयो जब बैठकको प्रारम्भमा मोदीले बोल्न खोज्दा पोखरेलले उनलाई रोक्न खोजे। पोखरेलले मोदीमाथि युट्युबर ल्याएर ‘स्टन्ट’ गर्न खोजेको आरोप समेत लगाए। “तपाईं सुटिङ गर्न आउनुभएको हो कि बैठकमा?” भन्दै पोखरेल आक्रोशित बनेपछि वातावरण तातेको थियो।

पोखरेलले संसदीय समिति स्टन्ट गर्ने थलो नभएको चेतावनी दिँदै सञ्चारमाध्यमलाई पनि कडाइ गर्ने चेतावनी दिए। यस्ता खटपट उनीहरूबीच पहिले पनि भइसकेको हो।

यसैबीच, समितिले गठन गरेका सातवटा कार्यदलको म्याद एक महिना थप गर्दै बैठक स्थगित गरिएको छ। लेखा समितिको कार्यक्षेत्रमा परेका ४८ उजुरीहरू छानबिन गर्न बनेका कार्यदलहरूलाई चैत ७ गते गठन गरिएको थियो, तर हालसम्म कुनै कार्यदलले प्रतिवेदन बुझाएका छैनन्।

सभापति पोखरेलले कार्यदलहरूले काम नगरेको भन्दै तिनीहरू विघटन गरी पूर्ण समितिबाट नै छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने प्रस्ताव गरे पनि संयोजकहरू समय थपको पक्षमा उभिँदा म्याद थपिएको हो।

लेखा समिति बैठकमा यसरी सांसदहरुविच बाझाबाझ भएको आज लगातार दोस्रो दिन हो । लेखा समिती बैठकममा हिजो बुधबार पनि राम्रै बाझाबाज भएको थियो । बुधबारको बाझाबाझ पनि अमनलाल मोदी बोल्ने क्रममै भएको थियो ।
लगातार जहिले पनि बिवादित कुरा गर्ने गरेको भनेर सभापति ऋषिकेश पोखरेलले उनलाई युटुबे मिटियाको अगाडी स्टन्ट गर्न आएको भनेर बैठकमै झपारे ।

ऋषिकेश यतिमा नै रोकिएनन् , बैठक सकिएपछी पनि अमनलाल र पोखरेलको जुहारी चलिरह्यो । यहि क्रममा लेखा समिति सदस्य मन्जु खाँड पनि मिसिइन् र पत्राकारहरुलाई आगामी दिनबाट होस् पुर्याउन भनिन् ।

एमाले सांसद गोकुल बास्कोटाले त , युटुबे मिडियालाई निकै होच्याएर बोल्न भ्याए , बास्कोटाले युटुबेहरुलाई मिडिया नै होइन भन्न भ्याए ।

बुधबार पनि अमनलाल मोदि संग सिगौरी खेल्नेमा गोकुल बास्कोटा नै थिए । केन्द्रिय स्थरमा राम्रो प्रभाव भएका नेताहरु रहेको लेखा समितिमा बेलाबेला यस्ता विवादहरु चलिरहेको देखीन्छ