• २०८३ असार १४
  • 2026 June 28, Sunday

तेस्रो रात पनि ड्रोन हमला, मस्कोका विमानस्थलहरू बन्द

मस्को । युक्रेनी ड्रोन आक्रमणका कारण रुसको राजधानी मस्कोका तीन प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन्। रुसी अधिकारीहरू र सरकारी सञ्चालित मिडियाका अनुसार भनुकोभो, डोमोडेडोभो र झुकोभस्की विमानस्थलमा हवाई सेवा स्थगित गरिएको हो।

मस्कोका मेयर सर्गेई सोब्यानिनका अनुसार रूसी हवाई प्रतिरक्षाले मस्कोतर्फ उडिरहेका कम्तीमा ६ वटा ड्रोन खसालेका छन्। स्थानीय समयअनुसार बिहान २:४१ बजे थप तीन ड्रोन पनि मारिएको जनाइएको छ। घटनास्थलमा आपतकालीन सेवाहरू परिचालित छन् भने हालसम्म कुनै मानवीय क्षतिको रिपोर्ट आएको छैन।

युक्रेनले लगातार तेस्रो रातसम्म रुसको भूभागमा ड्रोन हमला जारी राखेको छ। रुसले मे २० देखि मे २२ को बिहानसम्म आफ्ना भूभागमा ४८५ ड्रोन खसालेको दाबी गरेको छ। जनवरी १ यता युक्रेनी ड्रोन आक्रमणका कारण रुसभरका २१७ विमानस्थल अस्थायी रूपमा बन्द गरिसकिएको बताइएको छ।