सर्वोच्च अदालतबाट ट्रम्प प्रशासनलाई शिक्षा मन्त्रालयका कर्मचारी कटौतीको अनुमति

काठमाडौँ । अमेरिकाकाे सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनलाई सङ्घीय शिक्षा मन्त्रालयले पाइरहेको पैसा र संसाधन कटौतीको योजनामा अगाडि बढ्न अनुमति दिएको छ ।

मन्त्रालयबाट १ हजार ४०० कर्मचारी निकाल्ने र यसले गर्दै आएको प्रमुख काम अन्य सङ्घीय एजेन्सीलाई सुम्पने ट्रम्प प्रशासनको निर्णयमा सङ्घीय न्यायाधीशले लगाएको रोक सर्वोच्च अदालतले बहुमतले सोमबार फुकुवा गरेको छ ।

ट्रम्प प्रशासनको कदम रोक्ने तल्लो अदालतको निर्णयले कानुनी चुनौतीको सामना गरिरहेको समयमा यो निर्णय भएको हो । सर्वोच्च अदालतको यस निर्णयले ट्रम्प प्रशासनलाई निकै ठुलो राहत दिएको छ ।

अमेरिकी कंग्रेसले १९७९ मा शिक्षा मन्त्रालय खडा गरेको थियो । कंगेसले मात्रै यसलाई बन्द गर्न सक्थ्यो । तर ट्रम्पले मन्त्रालयबाट एकै पटक धेरै मान्छे निकालेर यसलाई काम गर्नै नसक्ने बनाउन खोजेको समाचारमा बताइएको छ ।

उनको यस कदमले अन्ततः मन्त्रालय पूरै बन्द हुनेछ । मन्त्रालयबाट सामूहिक रूपमा कर्मचारी निकाल्ने निर्णयबारे प्रशासनले पेस गरेको तर्कलाई सर्वोच्च अदालतले स्वीकार गरेको छ ।

टु«थ सोसलमा एउटा पोस्ट गर्दै ट्रम्पले सर्वोच्च अदालतको यस निर्णयको प्रशंसा गरेका छन् । तर शिक्षा मन्त्री लिन्डा म्याक्मोहनले यस निर्णयलाई लज्जास्पद भनेकी छिन् ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१