कामना सेवा विकास बैंकद्धारा पशुपति क्षेत्र विकास कोषलाई जुत्ता झोला र टोकन हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पशुपति क्षेत्र विकास कोषलाई ५००० थान जुत्ता झोला र १००० थान टोकन हस्तान्तरण गरेको छ ।

पशुपतिनाथ मन्दिरको दर्शन गर्ने भक्तजनहरुको जुत्ता र चप्पललाई सुरक्षित र व्यवस्थित रुपमा राख्नको लागि उक्त झोलाहरु र टोकनहरु हस्तान्तरण गरिएको हो । बैंकका कर्जा प्रशासन विभाग प्रमुख पर्मा ढुङ्गेलले पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य सचिव सुभाष चन्द्र जोशीलाई हस्तान्तरण कार्यक्रममा उक्त जुत्ता झोला र टोकनहरु हस्तान्तरण गरेका थिए ।

आउदै गरेको श्रावण महिनामा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको भिड अत्याधिक हुने र भक्तजनहरुको जुत्ता चप्पल राख्नको लागि झोलाको अभाव हुने भएको र बैंकले उपलव्ध गराएको झोला तथा टोकनले जुत्ता चप्पल व्यवस्थापनमा सहयोग पुग्ने निमित्त सदस्य सचिव जोशीले बताए ।

उक्त कार्यक्रममा बाेल्दै बैंकका कर्जा प्रशासन विभाग प्रमुख पर्मा ढुङ्गेलले देशभर १३० वटा शाखाबाट अत्याधुनिक बैंकिङ सेवा दिदै आईरहेको बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम गरिरहेको र पशुपति क्षेत्र विकास कोषलाई उक्त झोला र टोकन हस्तान्तरण गर्ने अवसर प्रदान गरेकोमा कोषलाई धन्यवाद ज्ञापन गरे ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१