१८ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा एक हजार आठ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलामा एक लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ३५ रुपैयाँले बढेर दुई हजार ३२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार दुई हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१