नेपालले भारतबाट २० अर्ब रुपैयाँभन्दा बढीको धान आयात

काठमाडौँ ।  नेपालले गत आर्थिक वर्ष २०८१/०८२ मा २० अर्ब ३५ करोड ७० लाख रुपैयाँको धान भारतबाट आयात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार ५ लाख ३१ हजार १४४ टन भारतबाट धान आयत गरेको हो ।

उक्त धान भारतबाट आयात गर्दा सरकारले १ अर्ब ५२ करोड ७३ लाख ३८ हजार रुपैयाँ भन्सार महसुल सङ्कलन गरेको छ । चीनबाट भने २ हजार रुपैयाँ बराबरको १० केजी मात्रै आयात गरेको छ ।

गत आर्थिक वर्षको धान रोपाइँ बढे पनि असोज ११ र १२ गते गएको बाढी, पहिरो र डुबानले क्षति पुर्‍याउँदा धानको उत्पादन अपेक्षित बढ्न सकेको थिएन ।  यो वर्ष पनि मधेसमा सुक्खा हुँदा धान उत्पादनमा असर पुग्ने देखिन्छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१