सुनको मूल्य ११ सयले घट्यो, हाल कतिमा भइरहेको छ कारोबार?

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ ।

तोलामा ११ सय रुपैयाँले घटेर आज प्रतितोलामा १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार एक लाख ९४ हजार सात सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । प्रतितोलामा ५० रुपैयाँले घटेर आज प्रतितोला चाँदी २२ सय ९० रुपैयाँमा  खरिदबिक्री भइरहेको छ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१