ह्वाइट हाउस: अब ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने बेला भयो

वासिङ्टन डीसी । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आएको बताएकी छिन् ।

ट्रम्पले इजरायल–इरान र भारत–पाकिस्तान बिचको द्वन्द्वसहित ६ वटा द्वन्द्वहरू समाप्त गरेको भन्दै  लेभिटले उनलाई नोबेल शान्ति पुरस्कार दिने समय आएको बताएकी हुन् ।

‘ट्रम्पले थाइल्यान्ड र कम्बोडिया, इजरायल र इरान, रुवान्डा र कङ्गो गणराज्य, भारत–पाकिस्तान, सर्बिया र कोसोभो, इजिप्ट र इथियोपिया बिचको द्वन्द्व समाप्त गरिसकेका छन्,’ पत्रकार सम्मेलनमा उनले भनिन् ।

ट्रम्पले आफ्नो ६ महिनाको कार्यकालमा औसतमा एउटा शान्ति सम्झौता वा युद्धविरामको मध्यस्थता गरेको उनले बताइन् ।  ‘अब राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिने समय आएको छ’ पत्रकारहरूसामु बोल्दै उनले भनिन् ।

यसअघि पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफ र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले पनि राष्ट्रपति ट्रम्पलाई नोबेल शान्ति पुरस्कार दिन सिफारिस गरेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१