सबै बन्धक छोड्न इजरायलको जोडदार आग्रह

तेल अभिभ । इजरायलले गाजामा बन्धक बनाएर राखिएका सबै ५० बन्धकहरूको रिहाइको माग गरिरहेको एक इजरायली अधिकारीले भनेका छन् । यसले हमासले सोमबार सहमति जनाएको नयाँ ६० दिने युद्धविराम प्रस्तावलाई इजरायलले स्वीकार गर्ला त भन्नेमा शङ्का उत्पन्न गरेको छ ।

इजरायलले यो प्रस्तावलाई स्पष्ट रूपमा अस्वीकार गरेको छैन । तर इजरायली सरकारका प्रवक्ता डेभिड मेन्सरले बीबीसीसँगको कुराकानीमा इजरायलले आंशिक सम्झौतामा रुचि राख्दैन भनेर भनेका थिए ।

‘अब स्थिति फेरिएको छ, प्रधानमन्त्रीले गाजाको भविष्यको लागि योजना बनाएका छन्,’ मेन्सरले भने । प्रस्ताव अन्तर्गत, १० जीवित र १८ मृत बन्धकहरूलाई पहिले हस्तान्तरण गरिने अनि त्यसपछि दुवै पक्षले स्थायी युद्धविराम र अन्य बन्धकहरूको फिर्ताका लागि वार्ता प्यालेस्टिनी स्रोतहरूले भनेका छन् । २२ महिनाको युद्ध पछि ५० बन्धकहरू मध्ये २० मात्र जीवित रहेको हुन सक्ने इजरायलको विश्वास छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१