स्वायत्त राज्यको माग राख्दै बुधबार भारतको केन्द्र प्रशासित लद्दाखमा जेनजी उमेर समूहका युवाहरूले प्रदर्शन गरेका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा हालसम्म ५ जना प्रदर्शनकारीहरूको ज्यान गएको छ ।
७ दर्जन प्रदर्शनकारीहरू घाइते भएका छन् ।
प्रदर्शनकारी र प्रहरीबिच ठाउँ ठाउँमा झडप भएको छ । प्रदर्शनकारीहरूले सदरमुकाम लेहमा रहेको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा आगजनी गरेका छन् भने कैयौँ सवारी साधनमाथि तोडफोड तथा आगजनी गरिएको छ । भिड नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास र लाठीचार्ज प्रहार गरेको छ ।
प्रदर्शनकारीहरूले सन् २०१९ मा भारतको केन्द्र सरकारले जम्मू कश्मीरको विशेष अधिकार खारेज गरेर लद्दाखलाई अलग्गै केन्द्रशासित प्रदेश बनाएको थियो । यसको विरोध गर्दै प्रदर्शनकारीहरूले लद्दाखलाई प्रदेशलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने र भारतीय संविधानको छैटौँ अनुसूचीमा समावेश गर्नुपर्ने माग गरेका छन् ।
यद्यपि, लद्दाख पटक पटक साना तथा ठुलो विरोधका कार्यक्रम हुँदै आए पनि केन्द्र सरकारले भने माग सम्बोधन गरेको छैन ।