काठमाडाैं । इजरायलले विपिन जोशी जीवित भएको प्रमाण अहिलेसम्म नभेटिएको जानकारी परिवारलाई गराएको छ ।
इजरायलका लागि नेपाली राजदुत धनप्रसाद पण्डितले बिबिसी नेपाली सेवासँग कुरा गर्दै इजरायलको सेनाले विपिनको परिवारसहित आफूलाई उनी जीवित नरहेको जानकारी दिएको बताएका हुन् ।
राजदुत पण्डितले बिबिसीसँग भनेका छन्,‘भिडियो कन्फेरेन्स मार्फत् विपिनको बहिनीसहित मलाई जानकारी दिएको हो । हामी केहि नयाँ कुरा आयो भने फेरी जानकारी गराउछौं, अहिले विपिन जीवित नभएको जानकारी गरायौं भने ।’
हमासले आफूसँग रहेका बन्धकको रिहाइ प्रक्रिया शुरु गरेको छ । अहिलेसम्म ७ जना बन्धकको रिहाइ भएको छ भने बाँकीको रिहाइ हुँदैछ ।
हमासले विपिनलाई ७ अक्टोबर २०२३ मा इजरायलको कित्बुज आलुमिममाबाट कब्जामा लिएर बन्दक बनाएको थियो ।
सन् २०२३ नोभेम्बर १७ मा विपिन गाजा क्षेत्रको अल शिफा अस्पतालमा देखिएका थिए । तर त्यसपछि उनको अवस्था अज्ञात थियो । गत बुधबार बेलुका विपिनको एउटा पुरानो भिडियो सार्वजनिक गरिएको थियो ।