• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

प्रभु बैंकले नियुक्त गर्‍यो नयाँ कार्यवाहक सिइओ

काठमाडाैं । प्रभु बैंकले नयाँ कार्यवाहक सिइओ (प्रमुख कार्यकारी अधिकृत) नियुक्त गरेको छ।

आइतबार बेलुकी ‍बैंकका सूचना अधिकारी रविन्द्र ढकालले एक विज्ञप्ति जारी गर्दै नयाँ कार्यवाहक सिइओ नियुक्त गरेको जानकारी दिएका हुन्।

बैंक सञ्चालक समितिले बैंकका वरिष्ठतम् कर्मचारी निरज लम्साललाई आइतबारबाटै लागू हुने गरी कार्यवाहक सिइओको जिम्मेवारी दिएको ढकालले जनाएका छन्।

बैंकको दैनिक कार्य सञ्चालनलाई निरन्तर, सहज र प्रभावकारी बनाउन लम्साललाई कार्यवाहक सिइओ बनाइएको पनि विज्ञप्तिमा उल्लेख छ। त्यस्तै बैंकका सम्पूर्ण सेवाहरू देशभरका शाखामार्फत निर्वाध रूपमा सञ्चालन भइरहने व्यवस्था मिलाइएको बैंकले स्पष्ट पारेको छ।