• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

इन्धनको मूल्य घटेसँगै घट्यो हवाई भाडा

काठमाडौँ । हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडा घटेको छ । नेपाल आयल निगमले १७ देखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएसँगै नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आन्तरिक हवाई भाडा घटाएको हो ।

इन्धनको भाउ घटेपछि क्यानले हवाई भाडामा समावेश हुने ‘फ्युल सरचार्ज’ को दर घटाएको हो । यस अनुसार काठमाडौँ–माउन्टेन फ्लाइटको भाडा २१० रुपैयाँले घटेर ४ हजार ३९० रुपैयाँ भएको छ ।

काठमाडौँ-धनगढीको भाडा सबैभन्दा धेरै अर्थात् २६५ रुपैयाँले घटेको छ । काठमाडौँ–धनगढी रुटमा ५ हजार ९२० रुपैयाँ फ्युल सरचार्ज रहेकोमा ५ हजार ६५५ रुपैयाँ कायम भएको छ ।

काठमाडौँ–भद्रपुर ३ हजार ८४५ रुपैयाँ, काठमाडौँ–विराटनगरमा ३ हजार ७५ रुपैयाँ र काठमाडौँ–जनकपुर १ हजार ६४५ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, काठमाडौँ–भरतपुर १ हजार ३७०, काठमाडौँ–पोखरा २ हजार ३०, काठमाडौँ–भैरहवा २ हजार ६३५, काठमाडौँ–नेपालगन्ज ४ हजार १७०, काठमाडौँ–तुम्लिङटार २ हजार ३६०, काठमाडौँ–सिमरा १ हजार १५०, काठमाडौँ–सुर्खेत ४ हजार ४२० र काठमाडौँ–राजविराज २ हजार ६१५ रुपैयाँ तोकिएको छ ।

क्षेत्रीय रुटतर्फ पनि भाडा घटाइएको छ ।

फ्युल सरचार्जमा कर तथा अन्य शुल्क जोडेपछि अन्तिम भाडा दर तय हुन्छ ।