काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । आइतबार २ हजार १ सय रुपौँयाले सुनको मूल्य घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको छ ।
शुक्रबार सुनको मूल्य २ लाख ६२ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
सुनको मूल्य घट्दा चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ । शुक्रबार ४ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।