• २०८३ असार १४
  • 2026 June 28, Sunday

प्रतितोला ४ हजार ६ सय बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुन–चाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ६५ हजार रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रूपैयाँमा किनबेच भएको थियो।

यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ।

आइतबार तोलामा चार हजार पाँच सय रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार छ सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।