काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । मंगलबार ३ हजार १ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको छ ।
सोमबार सुनको मूल्य २ लाख ६५ हजार रुपैयाँ कायम भएको थियो ।
यसैगरी, चाँदीको मूल्य पनि १९५ रुपैयाँले बढेको छ । सोमबार ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार बढेर ४ हजार ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
यही पुस १३ गते सुनको मूल्य दुई लाख ७० हजार ६ सय पुगेको थियो । सुनको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो ।
त्यसैगरि, मंगलबार चाँदीको मूल्य पनि बढेर हालसम्मकै सबैभन्दा महँगो बनेको छ।