• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनचाँदीको मूल्यमा दिनदिनै रेकर्ड, सुन तोलाको २ लाख ७८ हजार रुपैयाँ

काठमाडौं । सुनचाँदीको भाउ दिनदिनै बढ्नेक्रम रोकिएको छैन । गएको सोमबारयता सुनचाँदीको भाउ निरन्तर बढीरहेको छ ।

सुनचाँदी बुधबार अहिलेसम्मकै उच्च भाउमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलामा १ हजार ५ सय रुपैयाँले बढेर तोलाको २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुनको भाउ तोलाको २ लाख ७६ हजार ५ सय रुपैयाँ थियो ।

त्यस्तै, चाँदी बुधबार तोलामा एकैदिन ३ सय १५ रुपैयाँले बढेर तोलाको ५ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यो चाँदीको अहिलेसम्मकै उच्च भाउ हो । मंगलबार चाँदीको भाउ तोलाको ५ हजार ३ सय ४० रुपैयाँ रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस ४ हजार ६ सय ३८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।