काठमाडौँ । मंगलबार एक तोला छापावाल सुनको मूल्य २ लाख ८४ हजार ७ सय पुगेको छ । चाँदीको मूल्य ५ हजार ८८० कायम भएको छ ।
गत आइतबार एक तोला सुन २ लाख ७८ हजार ८ सय र त्यति नै परिमाणको चाँदी ५ हजार ६२५ मा कारोबार भएको थियो । सोमबार सुन २ लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी ५ हजार ८१० मा खरिदबिक्री भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार अन्तर्राष्ट्रिय बजारमा एक औंस सुन ४ हजार ६९० र त्यति नै परिमाणको चाँदी ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
आर्थिक विश्लेषकहरूका अनुसार विश्व अर्थतन्त्रमा अनिश्चितता बढ्नु, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको हो ।