• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

बिहीवार कति पुग्यो सुनचाँदीको मूल्य ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । बिहीवार सुनको मूल्य तोलामा २ हजार ९ सय रूपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन मूल्य प्रतितोला २ लाख ९२ हजार २ सय रुपैयाँ कारोबार भइरहेको छ ।

बुधबार सुन मूल्य प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५० रुपैयाँ घटेको हो ।

अघिल्लो दिन चाँदी प्रतितोला प्रतितोला ५ हजार ९ सय २० रुपैयाँ पुगेको चाँदी आज ५ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।