काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।
शुक्रबार सुनको मूल्य तोलामा ९ हजार २ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोवार भएको सुन आज तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । बिहीबार ५ हजार ८ सय ७० रुपैयाँमा कारोवार भएको चाँदी आज ३२० रुपैयाँले बढेर ६ हजार १ सय ९० रुपैयाँमा कारोबार भैरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ बढ्दा नेपाली बजारमा प्रभाव परेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस ४ हजार ९५० अमेरिकी डलर नाघेको छ ।
अन्तर्राष्ट्रिय द्वन्द्व थप चर्किने संकेतका कारण विभिन्न मुलुकका केन्द्रीय बैंकले सुनमा लगानी बढाएका छन् । यही कारण सुनको मूल्य बढिरहेको व्यवसायीहरु बताउँछन् ।