• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुन तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ पुग्यो

काठमाडौं । सुनचाँदीको भाउ बढ्ने क्रम रोकिएको छैन । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेर कीर्तिमान बनाएको छ ।

आइतबार सुन तोलामा २ हजार ४ सय रुपैयाँले बढेर तोलाको ३ लाख ३ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएको शुक्रबार सुनको भाउ तोलाको ३ लाख १ हजार ४ सय रुपैयाँ थियो ।

यस्तै, चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आइतबार तोलामा २ सय ९० रुपैयाँले बढेर तोलाको ६ हजार ४ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदीको भाउ तोलाको ६ हजार १ सय ९० रुपैयाँ रहेको थियो ।

विश्व अर्थतन्त्रमा अनिश्चितता, मुद्रास्फीति र भूराजनीतिक तनावका कारण सुरक्षित लगानीका रूपमा माग बढेकाले सुन र चाँदीको मूल्य बढेको विश्लेषण गरिएको छ ।