• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

एकैदिन तोलामा ९ हजार ५ सय बढ्यो सुनको भाउ, तीन लाख १८ हजार नाघ्यो

काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।

सुन बुधबार एकैदिन तोलामा ९ हजार ५ सयले बढेर हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार एक तोला सुनको मूल्य तीन लाख १८ हजार ८०० रुपैयाँ कायम भएको छ ।

त्यस्तै चाँदीको मूल्य पनि ४३० रुपैयाँले बढेर ७ हजार ३०० कायम भएको छ ।

मङ्गलबार सुनको मूल्य तीन लाख ९ हजार ३०० र चाँदीको मूल्य ६ हजार ८७० रुपैयाँमा काराेबार भएको थियाे।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार २०० र त्यति नै परिमाणको सेतो धातु १११ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।