• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनचाँदीको मूल्यमा उच्च गिरावट, प्रतितोला कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज (आइतबार) पनि सुनचाँदीको मूल्य घटेको छ। शुक्रबार प्रतितोला २० हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ आइतबार प्रतितोला १८ हजार आठ सय रूपैयाँ घटेको हो।

शुक्रबार सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख रूपैयाँमा कारोबार भइरहेको छ।

यस्तै, आइतबार चाँदीको मूल्यमा पनि उच्च गिरावट आएको छ।

शुक्रबार तोलामा सात हजार ६५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार पाँच हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक हजार पाँच सय ६५ रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार आठ सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।