• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

राइड शेयरिङका लागि गण्डकीको नयाँ नियम : बाइकले २० किलोमिटर मात्र यात्रु बोक्न पाउने

काठमाडौं । गण्डकी प्रदेश सरकारले राइड शेयरिङ सेवाका लागि नयाँ नियम लागू गरेको छ ।

भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रदेशस्तरीय राइड सेयरिङ नियमावली, २०८२ जारी गर्दै यातायात कार्यालयबाट अनुमति प्राप्त गरेका निजी दुई पाङ्ग्रे र पाँच सीट क्षमताका चार पांग्रे सार्वजनिक सवारी साधनले मात्र अनलाइन प्रणालीमार्फत राइड शेयरिङ सेवा दिन पाउनेछन् ।

दुई पाङ्ग्रे सवारीले एक पटकमा अधिकतम २० किलोमिटर र ४ पाङ्ग्रेले ५० किलोमिटरसम्मको दूरीमा मात्र सेवा दिन पाउने छन् ।

राइड सेयरिङमा प्रयोग हुने सवारीसाधनको पहिचानका लागि विशेष लोगोको व्यवस्था गरिएको छ । सेल्फ ड्राइभ जनाउने रातो रङ्गको अङ्ग्रेजी अक्षर एसडी लेखिएको वृत्ताकार चिन्हलाई सवारीसाधनमा अनिवार्य रूपमा प्रयोग गर्नुपर्नेछ ।