• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

नेप्से सूचकमा दोहोरो अंकको गिरावट, पौने ११ अर्बको कारोबार

काठमाडौं । सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से २६.०५ अंकले घटेर २६७२.३९ विन्दुमा बन्द भएको छ।

नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। आइतबार ११ अर्ब ६५ करोड रूपैयाँको कारोबार भएकोमा सोमबार १० अर्ब ७७ करोड रूपैयाँमा सीमित भएको छ।

यसदिन ३२४ वटा धितोपत्रको दुई करोड ६७ लाख ६६ हजार ३४७ कित्ता सेयर किनबेच भएको हो।

सोमबार ४२ कम्पनीको सेयरमूल्य बढेको छ भने २१२ वटाको घटेको छ। यस्तै, ६ कम्पनी स्थिर छन्। यसदिन खानीखोला हाइड्रोपावरको मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेको छ। उक्त कम्पनीको प्रतिकित्ता मूल्य ३०४ रूपैयाँ ४० पैसा पुगेको छ।

यस्तै, रिडी पावरको मूल्य ९.११ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३१६ रूपैयाँ ३० पैसा पुगेको छ।

यसैगरी, माया खोला हाइड्रोपावरको मूल्य सर्वाधिक घटेको छ। उक्त कम्पनीको मूल्य ५.४० प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३११ रूपैयाँ १० पैसामा झरेको छ।

यस्तै, माबिलुङ इनर्जीको मूल्य ४.९३ प्रतिशतले घटेर कित्ता मूल्य एक हजार ७६६ रूपैयाँ ३० पैसा कायम भएको छ।

सोमबार रिडी पावरको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ३१६ रूपैयाँ ३० पैसामा ७७ करोड १९ लाख बराबरको सेयर कारोबार भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एसवाई प्यानल रहेको छ। उक्त कम्पनीको एक हजार ९३९ रूपैयाँमा ५४ करोड ४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक ०.२४ प्रतिशतले बढेको छ भने बाँकी १२ समूहको परिसूचक घटेको छ।

यसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक २.२९ प्रतिशतले घटेको छ।