• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

सुनको भाउ बढ्यो, चाँदीको घट्यो

काठमाडौं । सुनको भाउ मंगलबार तोलामा ९ सय रुपैयाँले बढेको छ ।

भाउ बढेर सुन मंगलबार तोलाको ३ लाख ५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

सोमबार सुनको भाउ तोलाको ३ लाख ४ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै, मंगलबार चाँदीको भाउ घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको ५ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

सोमबार चाँदीको भाउ तोलाको ५ हजार २ सय ५० रुपैयाँमा थियो ।